उपाधि होडमा रहन मनाङलाई जितको खाचो,रोमान्चक अंक तालिका सहित
उपाधि होडमा रहन मनाङलाई जितको खाचो,रोमान्चक अंक तालिका सहित
२६ माघ २०७६ काठमाडौँ: ए डिभिजन लिगमा आज मनाङले आज न्यूरोड टिम एनआरटीको सामना गर्दै छ । मनाङ र न्यूरोड टिम एनआरटीको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउसो १ बजे देखि हुँदै छ । यो खेल हिजो हल्चोकमा तय भएपनि खराब मैदानको कारण आजलाइ सरेको छ।
मनाङले १० खेलमा पाँच जित, चार बराबरी र एक हारको नतिजा निकाल्दै १९ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ भने न्यूरोड टिम एनआरटीको १५ अंक रहेको छ । न्यूरोड टिम एनआरटीले ५ खेलमा जित २ खेलबराबरी र ३ खेलमा पराजित रहेको छ ।
आजको खेलमापराजय वा बराबरी भएको खण्डमा मनाङ मस्र्याङ्दी उपाधि होडबाट बाहिरिने छ ।
