खेलकुदफुटबल

ए डिभिजन लिग: आज हुने दुई खेलबारे सम्पूर्ण जानकारी

ए डिभिजन लिग: आज हुने दुई खेलबारे सम्पूर्ण जानकारी

२ पौष २०७६ काठमाडौँ: कतार एयवेग सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छ । लिगको चौथो दिन आज पहिलो खेलमा थ्री स्टारले जावलाखेलसंग खेल्ने छ भने दोस्रो खेलमा विभागीय क्लब एपीएफ र गत संस्करणको लिग विजेता मनाङ मस्र्याङ्दी क्लब खेल्ने छ ।

थ्री स्टार र जावलाखेलको खेल दिउसो १२ देखि एन्फा मैदानमा सातदोवाटो हुँदै सुरु हुने छ भने एपीएफ र गत संस्करणको लिग विजेता मनाङ मस्र्याङ्दी क्लबको खेल २ बजे देखि सुरु हुने छ ।