क्रिकेटखेलकुद

आईसीसी विश्व लिग: नेपाललाइ ओमनसँग बदला लिने सुनौलो अवसर

आईसीसी विश्व लिग: नेपाललाइ ओमनसँग बदला लिने सुनौलो अवसर

२६ माघ २०७६ काठमाडौँ: आईसीसी विश्व कप क्रिकेट लिग-२ मा आज नेपालले तेस्रो खेल खेल्दै छ । नेपालले तेस्रो खेल अन्तर्गत ओमानको समान गर्न छ । तेस्रो खेल कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा बिहान ९:३० बजे देखि सुरु हुँदै छ । आईसीसी विश्व कप क्रिकेट लिग-२ मा नेपालले ओमान सँग दोस्रो खेल खेल्ने लागा हो । पहिलो खेलमा नेपाल ओमान सँग १८ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिका सँग ३५ रनले विजयी भएको थियो ।

त्रीकोणात्मक सिरिजका लागि नेपाली,ओमान र अमेरिकि टिम

नेपाल: ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल, कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, सुबाश खकुरेल र सन्दीप लामिछाने

ओमान: जिसन मक्सुद (कप्तान), अकिब ईल्यास (उपकप्तान), जतिन्दर सिंह, खावर अली, सनुथ ईब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गउड, मुहम्मद नदिम, जय ओडेरा, बादल सिंह, अहेमद फयद बट, कलिमुल्लाह र बिलाल खान रहेका छन्

अमेरिकी टिम: शौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, आयन हल्याण्ड, अक्ष होमराज, एलमोर हचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनाक पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन ।

अहिलेसम्म लिग २ मा दुई सिरिज खेलिसकेको अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ । कुल १० खेल खेल्दा अमेरिकाले ६ खेल जितेको थियो भने ४ खेलमा पराजित भएको छ । ओमान ६ मा जित र २ मा हार सहित चौथो स्थानमा छ। नेपाल अंकतालिकको छैठौ स्थानमा रहेको छ । २ खेल खेल्दा १ मा जित १ मा पराजित भएको छ ।

विश्व क्रिकेट लिग २ को लाइभ कसरी हेर्ने ?
त्रीकोणात्मक सिरिजको लाईभ भने कान्तिपुर टिभीले प्रत्यक्ष प्रसारण गर्ने छ ।

नेपालले अमेरिका र ओमानसँग खेल्ने खेल तालिका :
माघ २६ : नेपालविरुद्ध ओमान

माघ २८ : अमेरिकाविरुद्ध ओमान

माघ २९ : नेपालविरुद्ध अमेरिका