मछिन्द्र शीर्ष स्थानमा उक्लिदा आर्मी तेश्रो स्थानमा झर्यो
मछिन्द्र शीर्ष स्थानमा उक्लिदा आर्मी तेश्रो स्थानमा झर्यो
२६ पुस, काठमाडौं : आज भएको मछिन्द्र र जावलाखेल बिचको खेलमा मछिन्द्रले जाउलाखेललाई १-० को गोल अन्तरले हराएको छ। जित संगै मछिन्द्र अंक तालिकाको शिर्ष स्थानमा उक्लिन सफल भएको छ पहिलो नम्बरमा रहेको आर्मी र मनाङ बराबरी १२ अंक सहित दोश्रो स्थानमा छन्।
सहित अमरक ए डिभिजन लिग अन्तर्गत आज दशरथ रंगशालामा भएको मछिन्द्र र जाउलाखेल बिचको पहिलो खेलमा मछिन्द्रले जवालाखेललाई १-० गोल अन्तरले हराएको हो भने आजै भएको दोश्रो खेलमा हिमालयन शेर्पाले मनाङ मस्र्याङ्दीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको छ।

११ अंक सहित दोश्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दीले अंक बाडेसंगै १२अङ्कसहित दोश्रो स्थानमा रहेको छ भने १० अंक सहित तेश्रो स्थानमा रहेको मछिन्द्रले ३ अंक जोड्दै १३ अंकका साथ् शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
मछिन्द्रका लागि खेलको ३१ औं मिनेटमा विशाल राईले डिबक्स बाहिरबाट हानेको बल गोलमा परिणत भएको थियो । सोहि गोलनै निर्णायक गोल बनेको थियो।

अर्को खेलमा साविकको विजेता मनाङले हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको छ ।
खेलको ७३औं मिनेटमा सुरज विश्वकर्माले स्टफेन मसिरलाई खराब ट्याकल गरेका कारण रातो कार्ड पाएपछि मनाङ १० खेलाडीमा सिमित हुन पुगेको थियो।
एक खेल कम खेलेको आर्मी १२ अंक सहित तेस्रो स्थानमा झरेको छ ।


