क्रिकेटखेलकुद

डब्लुसिएल लिग २: अमेरिका बिरुद्ध नेपालको जितमा कुशलको कीर्तिमान

डब्लुसिएल लिग २: अमेरिका बिरुद्ध नेपालको जितमा कुशलको कीर्तिमान

डब्लुसिएल लिग २ अन्तर्गत नेपाल र अमेरिका बीच भएको आजको खेलमा नेपालले अमेरिकालाई दराउदै सिरिजको पहिलो जित दर्ता गरेको छ। नेपालले अमेरिकालाइ ३५ रनले हराउदा कुशल मल्लले ओडिआइ क्रिकेटमा ५० रङ जोड्ने सबैभन्दा कान्छा ब्याटमेन बन्न पुगेका छन्।

टस जितेर सुरुवाती बलिङ रोजेको अमेरिकाले नेपाललाई ब्याटिङ्गको निम्तो दिएको थियो। टस हारे संगै सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा आफ्ना सबै १० विकेट गुमाउदै १९० रन जोडेको थियो।

नेपालका लागि रन जोड्ने क्रममा सुबाश खकुरेलले १० बल खेलेर ३ रन जोडेका थिए भने कप्तान ज्ञानेन्द्र मल्लले ३९ बल खेलेर २१ रन बनाएका थिए। त्यसैगरि पारस खड्काले ५२ बल खेलेर १९ रन जोडेका थिए भने दिपेन्द्र सिंह ऐरी २ बल खेल्दै कुनैपनि रन जोड्न सकेका थिएनन्। त्यस्तै आरिफ सेखले १६ बल खेलेकोमा २ रन मात्र जोड्न सकेका थिए भने कीर्तिमानी कुशल मल्लले ५१ बल खेल्दै ५० रन जोडेका थिए। बिनोद भण्डारीले ७९ बल खेल्दै ५९ रन जोडेका थिए भने कारण केसीले २१ बलमा १२ रन जोडेका थिए। सुसन भारीले १९ बलमा ११ रन जोड्न सफल भए भने अविनाश बोहरा ६ बलमा ५ रङ जोड्न सफल भएका थिए। स्पिनर सन्दिप लामिछानेले २ बल खेलेकोमा कुनैपनि रन जोड्न सफल भएनन् र नेपाल ४९.२ ओभरमा समेटिन पुग्यो।

त्यसैगरी दोश्रो इनिङमा अमेरिका बिरुद्ध बलिङ्ग गर्न आएका कारण केसीले आज सबैभन्दा धेरै ४ विकेट लिन सफल भएका थिए भने सुसन भारीले ३ विकेट लिन सफल भए। त्यसैगरी सन्दिप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिदै अमेरिकालाइ ४४.१ ओभरमा १५५ रन खर्चिदै सम्पूर्ण विकेट लिएर नेपाललाई जित दिलाएका थिए।

मल्लले ४९ बलमा ५० रन जोड्दै बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले ओडीआई क्रिकेटमा विश्व कीर्तिमान रचेका छन् । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्ध शतकीय इनिङ खेलेपछि सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन् ।

कुशल आज १५ वर्ष ३ सय ४० दिनका रहेका छन् । कुशलले अमेरिकासँग ४९ बलमा ४ चौका र ३ छक्का सहित ५० रन बनाएका हुन् ।

यस अघि यो रेकर्ड नेपालकै रोहित पौडेलले बनाएका थिए। गत वर्ष रोहित कुमार पौडेलले यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गर्दै भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका थिए ।

रोहितले उक्त खेलमा ५८ बलमा ५५ रन जोडेका थिए । जुन ओडीआई क्रिकेटमा सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने कीर्तिमान रचेका थिए । उक्त अर्धशतक प्रहार गरेको दिन रोहितको उमेर १६ वर्ष १ सय ४६ दिन रहेका थिए । यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन र अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्ध शतक प्रहार गरेका थिए । आजको खेलमा कुशलले रोहितकै ठाँउमा टोलीमा मौका पाएका थिए ।३९ बल खेलेर २१ र२ बल३ विकेट लिन सफल भएको थियो।