क्रिकेटखेलकुद

डब्लुसिएल लिग २: नेपालद्वारा ओमानलाइ २५० रनको लक्ष

डब्लुसिएल लिग २: नेपालद्वारा ओमानलाइ २५० रनको लक्ष

२६ माघ २०७६ काठमाडौँ : डब्लुसिएल लिग २ अन्तर्गत किर्तिपुर अन्तरास्ट्रिय मैदानमा जारि खेलमा पहिले ब्याटिङ पाएको नेपालले ओमानलाई २५० रन को लक्ष दिएको छ ।

५० ओभर पुरा खेलेको नेपालले आफ्ना ८ विकेट गुमाउदै २४९ रन जोड्न सफल भएको हो।

ओपेनिङ ब्याटमेन का रुपमा आएका सुबाश खकुरेलले ४२ बलमा २२ रन जोडेर आउट हुन पुगेका थिए भने त्यस लगत्तै आएका पारस खड्काले राम्रो परि खेल्दै नेपाललाई १०० रन जोड्न मध्हत पुर्याएका छन्। खड्काले २८ बलमा ३३ रन जोड्दै नेपाललाई १०२ रन बनाउन सफल रहे। ओपेनिङ ब्याटमेनका रुपमा आएका कप्तान ज्ञानेन्द्र मल्ल ७६ बलमा ५६ रन जोड्न सफल भएका छन्। दिपेन्द्र सिंह ऐरी ले ३ बल खेले भने कुनैपनि रन जोड्न सफल भएनन्। त्यस्तै आरिफ सेख ४५ बल खेल्दै २८ रन जोडेर आउट हुन पुगे भने कुशल मल्ल २४ बलमा २८ रन जोडे संगै क्याच आउट हुन पुगे । त्यस लगत्तै आएका बिनोद भण्डारीले ४७ बल खेलेर ३५ रन जोडे भने कारण केसीले १६ बल खेलेर १० रन जोड्दै आउट हुन पुगे। त्यस लगत्तै आएका सन्दिप लामिछानेले ७ बल खेलेर १० रन जोडेर नट आउट रहे भने कमल सिंह सिरी ६ बल खेलेर ९ रन जोड्दै नट आउट रहे।

२५० रनको लक्ष पछ्याउने क्रममा अबको केहिबेरमा ओमानले नेपालबिरुद्ध ब्याटिङ गर्ने छ।