ए डिभिजन लिग: ११ औं चरणका अन्तिम तीन खेल आज
ए डिभिजन लिग: ११ औं चरणका अन्तिम तीन खेल आज
२५ माघ २०७६ काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज ११औ चरणको अन्तिम खेल हुँदैछन् । आज ३ खेल हुनेछन। तिन खेलमा २ खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ भने १ खेल हल्चोक मैदानमा हुनेछ । यस सिजन पहिलोपटक लिगको खेल हलचोकस्थित एपीएफ मैदानमा पनि खेलाइँदैछ र आज त्यहाँ एक खेल हुनेछ ।
आज ११:३० बजे एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र च्यासल युथ क्लबबीच खेल हुनेछ भने सोहि मैदान मा ३ बजे जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन्। त्यस्तै, साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले एनआरटीसँग हलचोक मैदानमा खेल्नेछ । खेल दिउँसो ३ बजे हुनेछ ।
अघिल्लो चरणा च्यासलसँग पराजित भएपछि साविक विजेता मनाङको उपाधि रक्षा अभियान कठिन बनेको छ । एक खेल कम खेलेको मनाङ लिग लिडर आर्मीभन्दा ७ अंकले पछि छ । १० खेलबाट १९ अंकसहित मनाङ हाल चौथो स्थानमा छ ।
यस्तै १० खेलबाट १५ अंक रहेको एनआरटी छैटौं स्थानमा छ । शीर्ष ६ मा अटाउने लक्ष्य राखेको एनआरटीले मनाङलाई पराजित गरेमा पाँचौं स्थानमा उक्लनेछ । नेपाल पुलिस ११ खेलबाट १७ अंकसहित पाँचौं स्थानमा छ ।