क्रिकेटखेलकुद

डब्लुसिएल लिग २ : अमेरिका बिरुद्ध नेपालको कीर्तिमानी जित

डब्लु सिएल लिग २ : अमेरिका बिरुद्ध नेपालको कीर्तिमानी जित

२९ माघ २०७६ काठमाडौँ : वर्ल्ड क्रिकेट लिग २ ट्राइसिरिज अन्तरगत नेपाल र अमेरिकाबीच भएको आजको खेलमा नेपालले कीर्तिमानी जित निकालेको छ।

किर्तिपुर स्थित टियु मैदानमा भएको तराईसिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले अमेरिकालाई मात्र ३५ ओभरमा समेटेकोमा उक्त लक्ष नेपालले ५.२ ओभरमा पुरा गर्दै कीर्तिमानी जित निकालेको हो।

नेपालले अमेरिकालाई ३५ रनमा समेटेको नतिजाले विश्व किर्तिमान कायम गरेको छ। किर्र्तिमान कायम गर्न नेपालकालागि सन्दिप लामिछानेले ५ विकेट लिए भने सुशन भरिले ४ विकेट लिएका थिए।

टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले १२ ओभरमा अल आउट हुँदै ३५ रन मात्र बनाउन सफल भयो । यो ओडीआईको सर्वाधिक कम योगफल हो । यस अघि सन् २००४ मा जिम्बावेले श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो ।

सन्दिप लामिछाने ओडीआईमा नेपालबाट पाँच विकेट पुरा गर्ने दोस्रो खेलाडी हुन् । यस अघि युएईसँगको दोस्रो एक दिवसिय खेलमा सोमपाल कामीले ५ विकेट लिएका थिए ।