खेलकुदफुटबल

ए डिभिजन लिग: च्यासल पराजित

ए डिभिजन लिग अन्तर्गत आजको भएको पहिलो खेलमा च्फ्रेन्ड्स क्लब बिजय  भएको छ । दशरथ रंगशाला भएको पहिलो खेलमा फ्रेन्डसका ८४ औ मिनेटमा उत्तम राई गोल गरेका थिए ।

च्यासलले ८ खेलबाट ९ अंक रहेको छ। च्यासल तिन खेलमा पराजित तिन खेलमा जित दर्ता गरेको छ भने तिन खेल बराबरी खेलको छ । ९ अंक जोडेका च्यासल ११ औ स्थानमा रहेको छ । ११ अंक जोडेको फ्रेन्ड्स क्लब अंक तालिकाको ९ औ स्थानमा रहेको छ । फ्रेन्ड्स क्लबले ३ खेलमा जित २ खेल बराबरी र ४ खेलमा पराजित रहेको छ ।

अबको दोस्रो खेलमा ब्रिगेड ब्वाईज र एनआरटी दिउँसो ३ बजे आमने सामने हुनेछन् ।

ब्रिगेड ब्वाईज क्लब ८ अंकसहित ८ औं स्थानमा रहेको छ । ब्रिगेड ब्वाईज क्लबले दुई खेलमा जित, दुई बराबरी र चार पराजित रहेको छ। एनआरटी १२ अंक तालिकाको छैठौ स्थानमा रहको छ । एनआरटीले ४ जित,दुई बराबरी र दुई हारका साथ दोस्रो स्थानमा छ ।

आज हुने लिग चरणको दोस्रो खेल दशरथ रंगशाला त्रिपुरेश्वरमा हुनेछ ।