खेलकुदफुटबल

ए डिभिजन लिग – मनाङलाइ शिर्ष स्थानमा उक्लने मौका

ए डिभिजन लिग – मनाङलाइ शिर्ष स्थानमा उक्लने मौका

४ माघ २०७६ काठमाडौं : जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शनिबार) दुई खेल हुने भएको छ । पहिलो खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ भने दोश्रो खेल दशरथ रंगशाला त्रिपुरेश्वरमा हुनेछ ।

दिनको १२ बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् भने ३ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्नेछन ।

८ अंकरहेको पुलिस र ९ अंक रहेको जावलाखेल दुवैले जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछन ।

तालिकाको सातौ स्थानमा रहेको पुलिसले ६ खेलमा २ खेलमा जित, २ मा हार, २ बराबरी सहित ८ अंक जोडेको छ भने जावलाखेल २ खेलमा जित, १ मा हार र ३ बराबरी सहित ९ अंक जोडेर पाँचौ स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा लिगकै ठुलो क्लब मानिने मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा दुवै टिम दिउँसो ३ बजे आमने सामने हुनेछन् ।

उपाधि होडमा रहेको मनाङ मर्स्याङ्दीलाई जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर छ । नयाँ सिजन खेलाडी अनुबन्धनमा खासै चासो नदेखाएका दुवै क्लब सन्तुलित टिम बनाउँदै लिगमा चुनौती पेश गरिरहेका छन् ।

मनाङ ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक जोडेर तेस्रो स्थानमा छ ।

थ्री स्टार ६ खेल मध्य ३ मा जित, २ हार र १ बराबरी सहित १० अंक जोडर तालिकाको चौथो स्थानमा छ ।

एक खेल कम खेलेर पनि शीर्ष स्थानमा रहन सफल आर्मीको ४ मा जित, १ हार र १ बराबरी सहित १३ अंक रहेको छ ।