ए डिभिजन लिग : पहिलो हाफमा नेपाल पुलिस १-० अगाडी
ए डिभिजन लिग : पहिलो हाफमा नेपाल पुलिस १-० अगाडी
सहिद स्मारक ए डिभिजन लिगमा अहिले नेपाल पुलिस र ब्रिगेड बोइजबिच भिडन्त हुँदै छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा जारी दोस्रो खेलमा नेपाल पुलिस पहिलो हाफको सकिदा नेपाल पुलिस १-० गोलले अगाडी रहेको छ । खेलको २१ औं मिनेटमा भरत साहाले हेड मार्फत गोल गर्दै पहिलो हाफमा नेपाल पुलिस १-० अग्रता दिलाएका छन् ।
नेपाल पुलिस क्लब १४ अंकसहित आठौ स्थानमा रहेको छ। नेपाल पुलिस क्लबले ४ खेलमा जित २ खेल बराबरी र ४ खेलमा पराजित भएको छ ।
ब्रिगेड बोइजक्लब अंक तालिकाको ११ औ स्थानमा रहेको छ । ब्रिगेड बोइजले २ खेलमा जित २ खेलमा बराबरी र ६ खेलमा पराजित रहेको छ ।
