हिमालयन शेर्पा र फ्रेण्ड्सले अंक बाँडे
हिमालयन शेर्पा र फ्रेण्ड्सले अंक बाँडे
२२ पुस २०७६ काठमाडौं : जारि शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रंगशालामा मंगलबार भएको खेलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले अंक बाडेका हुन । मंगलबारको नतिजापछि पाँचौं चरणसम्म पनि दुवै टोली जितविहीन रहेका छन् । दुवै टोलीले गोलका अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए ।
फ्रेण्ड्सले पहिलो हाफमा पाएको एउटा मौका गुमाएको थियो भने दोश्रो हाफमा समेत एउटा मौका गुमाएको थियो । त्यसैगरी दोस्रो हाफमा फ्रेण्ड्समाथि लगातार दबाब बनाएको हिमालयन शेर्पाले गोल दोस्रो हाफमा चुकेको छ । हिमालयन शेर्पाका खेलाडीले दुई पटक पाएको मौकालाइ पनि गोलमा परिणत गर्न सफल भएन । ईन्जुरी टाइमको दोस्रो मिनेटमा हिमालयन शेर्पाका विसन गुरुङले प्रहर गरेको बल पोष्टमाथिबाट बाहिरिएको थियो ।
मंगलबार भएको खेलमा बराबरी खेले संगै हिमालयन शेर्पाले तेश्रो बराबरी खेलेको छ भने फ्रेन्डसको यो दोस्रो बराबरी खेल हुन पुगेको छ ।
बराबरीपछि ५ खेलबाट ३ अंक सहित हिमालयन शेर्पा १२ औं स्थानमा छ भने २ अंक सहित फ्रेण्ड्स १३ औं स्थानमा छ ।