ए डिभिजन लिग: अनन्त तामाङ नायक बन्दा थ्री स्टार विजय
ए डिभिजन लिग: अनन्त तामाङ नायक बन्दा थ्री स्टार विजय
२४ माघ २०७६ काठमाडौँ: ए डिभिजन लिगमा आज भएको पहिलो खेलमा गत संस्करणको उपविजेता संकटा क्लबलाइ थ्री स्टार क्लबले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको पहिलो खेलमा गत संस्करणको उपविजेता संकटा क्लबलाई उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टारले पराजित गरेको छ ।
पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६० औं मिनेटमा अनन्त तामाङले गोल गर्दै जित दर्ता गरेका थिए । जित सँगै उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। २० अंक जोडेको थ्री स्टार क्लब भने ६ खेलमा जित दुई खेलमा बराबरी र तिन खेलमा पराजित भएको छ ।
गत संस्करणको उपविजेता संकटा क्लब ए डिभिजन लिगको पाँचै स्थानमा रहेको छ । संकटा १५ अंकसहित पाँचौ स्थानमा रहेको छ। १५ अंक जोडेको संकटाले क्लब भने ४ खेलमा जित तीन खेलमा बराबरी र चार खेलमा पराजित भएको छ ।
आजको दोस्रो खेल नेपाल पुलिस बिरुद्ध ब्रिगेड बोइजबिच हुँदै छ । नेपाल पुलिस अंक तालीकाको आठौ स्थानमा रहेको छ । नेपाल पुलिस क्लब १४ अंकसहित आठौ स्थानमा रहेको छ। नेपाल पुलिस क्लबले ४ खेलमा जित २ खेल बराबरी र ४ खेलमा पराजित भएको छ ।
ब्रिगेड बोइजक्लब अंक तालिकाको ११ औ स्थानमा रहेको छ । ब्रिगेड बोइजले २ खेलमा जित २ खेलमा बराबरी र ६ खेलमा पराजित रहेको छ । दोस्रो खेल पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा ३ बजे देखि सुरु हुँदै छ ।
