मछिन्द्रसँग नेपाल पुलिस क्लब पराजित
मछिन्द्रसँग नेपाल पुलिस क्लब पराजित
८ माघ २०७६ काठमाडौँ: सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बुधबार) भएको खेलमा मछिन्द्रसँग नेपाल पुलिस क्लब पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रसँग नेपाल पुलिस क्लब १-० ले पराजित भएको छ ।मछिन्द्रको जितमा रञ्जित धिमालाले फ्रिकिकबाट गोल गरेका थिए।
मछिन्द्र क्लब १६ अंक सहित दोस्रो स्थानमा रहेको छ। अघिल्लो सिजन अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको कारण मछिन्द्रको १ अंक घटाइएको हो ।त्यस्तै नेपाल पुलिस भने ११ अंक सहित खेल तालिकाको ६ औ स्थानमा रहेको छ। मच्छिन्द्रले अहिलेसम्म ५ जित, २ बराबरी र १ पराजित भएको छ।
पुलिस ३ जित, २ बराबरी र ३ हारको नतिजासहित तालिकाको छैटौ स्थानमा छ ।त्रिभुवन आर्मी क्लब लिग तालिकाको शीर्ष स्थानमा रहेको छ ।

