कोरोनाभाइरससमाचार

३२ जना प्रहरीमा कोरोना संक्रमण

३२ जना प्रहरीमा कोरोना संक्रमण

२५ जेठ २०७७ काठमाडौँ : महामारीको फैलिएको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएका ३२ जना प्रहरी अधिकृत तथा जवान कोरोनामा भाइरस संक्रमण भेटिएको छ । त्यसमध्ये प्रदेश २ मा खटिएका मात्रै २२ जनामा संक्रमण देखिएको हो ।

शनिबार थप दुईजना प्रहरीको रिपोर्ट पोजिटिभ आएसँगै प्रहरीमा संक्रमण हुनेको संख्या ३२ पुगेको हो । संक्रमितमध्ये १४ जना प्रहरी निको भएर होम क्वारेन्टाइनमा छन् । बाँकीको विभिन्न अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको प्रहरी प्रवक्ता निरजबहादुर शाहीले बताएका छन् ।

२ नम्बर प्रदेश सभामा खटिएका प्रहरीका ५ मर्यादापालकमा समेत संक्रमण देखिएको छ ।

आफ्नै सहकर्मीमा संक्रमण देखिएपनि कतिपय सुरक्षाकर्मीमा भय र त्रासको वातावरण त सिर्जना भएको छ, तरपनि जोखिमकाबीच सावधानी अपनाएर सहजिकरणमा लागिपरेका छन् ।

यसअघि नेपाली सेना, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका करिव १ दर्जन अधिकृत तथा जवानमा पनि संक्रमण देखिएकोमा उनीहरु उपचारपछि निको भएर होम क्वारेन्टाइनमा छन् ।