खेलकुदफुटबल

ए डिभिजन लिग: भरतको निर्णायक गोलमा नेपाल पुलिसको जित

ए डिभिजन लिग: भरतको निर्णायक गोलमा नेपाल पुलिसको जित

सहिद स्मारक ए डिभिजन लिगको दोस्रो खेलमा नेपाल पुलिसले ब्रिगेड बोइजलाइ पराजित गरेको छ। आज भएको दोस्रो खेलमा नेपाल पुलिसले ब्रिगेड बोइजलाइ १-० ले पराजित गरेको छ ।

नेपाल पुलिसलाई जित दिलाउन खेलको २१ औं मिनेटमा हेड मार्फत भरत साहाले महत्पूर्ण गोल गरेका थिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दोस्रो खेलमा नेपाल पुलिस पहिलो हाफको सकिदा नेपाल पुलिस १-० गोलले अगाडी रहेको छ ।

नेपाल पुलिस क्लब १७ अंकसहित पाँचौ स्थानमा रहेको छ। नेपाल पुलिस क्लबले ४ खेलमा जित ३ खेल बराबरी र ४ खेलमा पराजित भएको छ ।

ब्रिगेड बोइजक्लब अंक तालिकाको ११ औ स्थानमा रहेको छ । ब्रिगेड बोइजले २ खेलमा जित २ खेलमा बराबरी र ७ खेलमा पराजित रहेको छ ।