खेलकुदफुटबल

ए डिभिजन लिग:जावलाखेल युथ क्लबसँग ब्रिगेड बोइज पराजित

ए डिभिजन लिग:जावलाखेल युथ क्लबसँग ब्रिगेड बोइज पराजित

२० माघ २०७६ काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिगमा आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लब ब्रिगेड बोइज क्लब सँग १-० ले विजयी भएको हो । जावलाखेल युथ क्लबलाई  जित दिलाउन सुजित बुढाथोकीले महत्पूर्ण १ गोल गरेका थिए ।

जावलाखेल युथ क्लब ४  खेलमा जित तीन खेलमा बराबरी र तिन खेलमा पराजित हुदै १२ अंकका रहेको छ। ब्रिगेड बोइज भने ८ अंक रहेको छ । ब्रिगेड बोइजले २ खेलमा जित २ खेलमा बराबरी र ६ खेलमा पराजित रहेको छ ।

आजै हुने दोस्रो खेलमा गत संस्करणको विजेता मनाङ मर्स्याङ्दी र च्यासल भिड्ने भएका छन् । शहीद स्मारक ए डिभिजन मनाङ मर्स्याङ्दी एक मात्र अपराजित टिम रहेको छ ।

मनाङ मर्स्याङ्दी १९ अंक सहित तेस्रो स्थानमा रहेको छ । मनाङ ९ खेल मध्ये ५ खेलमा जित दर्ता गर्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । मनाङले चार खेल बराबरी खेलेको छ ।

च्यासल युथ क्लब दशौं स्थानमा रहन सफल भएको छ। च्यासल युथ क्लब २ खेलमा जित ३ खेल बराबरी ४ खेलमा पराजित भएको छ ।