खेलकुदफुटबल

ए डिभिजन लिग: मनाङको पहिलो हार

ए डिभिजन लिग: मनाङको पहिलो हार

२० माघ २०७६ काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको च्यासल युथ क्लब र मनाङ् मर्श्यान्ग्दी क्लब बीच भएको खेलमा च्यासल विजयको भएको छ। च्यासल २-० गोल अन्तरले बिजयी भएको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको दोस्रो खेलमा मनाङ पराजित भएको छ। पराजित भएको मनाङको लिगको पहिलो हार हो।

खेलको २४ औँ मिनेटमा तियागा नाकामुराले प्रहार गरेको फ्रिकिक फोल मा परिणत भएपछी च्यासल १-० ले अग्रता लिएको थियो। त्यसपछि पहिलो हाफ सम्मान कुनैपनि गोल हुन सकेन र पहिलो हाफ सकिंदा सम्म च्यासल १-० ले अगाडी रह्यो।

दोश्रो हाफ को पुरै समय दुवै तर्फ बाट गोल हुन नसके पछि १-० को अग्रता च्यासल कायम नै राखेको थियो। त्यसपछि ४ मिनेटको अतिरिक्त समय थप गरिएको फाइदा च्यासलले उठाउदै दोश्रो गोल गर्दै खेललाई २-०को अग्रता दिलायो। च्यासालका लागि ९४ औँ मिनेटमा सन्तोस साउखलले निर्णायक गोल गरेका थिए। तियागा नाकामुराले दिएको पासलाइ कुनै पनि गल्ति नगरी साउखलले गोल मा परिणत गरेका हुन्। गोल गरे संगै सन्तोस साउखल ७ गोल सहित लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको शिर्ष स्थानमा उक्लिएका छन्।

च्यासल युथ क्लब ३ खेलमा जित ३ खेल बराबरी ४ खेलमा पराजित भएको छ । आजको जित संगै च्यासल अङ्क तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।

गत संस्करणको विजेता मनाङ मर्स्याङ्दी च्यासल सग २ -० ले पराजित भएको छ।

मनाङ मर्स्याङ्दी १९ अंक सहित तेस्रो स्थानमा रहेको छ । मनाङ ९ खेल मध्ये ५ खेलमा जित दर्ता गर्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। मनाङले चार खेल बराबरी खेलेको छ । आजको खेलमा भने पहिलो हार ब्येहोर्न पुग्यो।

सहिद स्मारक ए डिभिजन लिगमा आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लब ब्रिगेड बोइज क्लब सँग १-० ले विजयी भएको हो। जावलाखेल युथ क्लबलाई जित दिलाउन सुजित बुढाथोकीले महत्पूर्ण १ गोल गरेका थिए ।

जावलाखेल युथ क्लब ४ खेलमा जित तीन खेलमा बराबरी र तिन खेलमा पराजित हुदै १५ अंकका रहेको छ। जावलाखेल युथ क्लब अंक तालिकाको छैठौ स्थानमा रहेको छ । ब्रिगेड बोइज भने ८ अंक रहेको छ । ब्रिगेड बोइजले २ खेलमा जित २ खेलमा बराबरी र ६ खेलमा पराजित रहेको छ ।

सहिद स्मारक ए डिभिजन लिगमा भोलि एक खेल मात्र हुँदै छ । भोलिको खेलमा एनआरटी बिरुद्ध फ्रेंड्स क्लबबिच हुँदै छ । भोलिको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हँदै छ । भोलिको खेल ३ बजे देखि सुरु हुँदै छ ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत हायातो वाकिनो म्यान अफ द म्याच बन्न पुगेका छन्।