खेलकुदफुटबल

ला लिगामा बार्सिलोना पराजित, मेस्सी चलेनन्

ला लिगामा बार्सिलोना पराजित, मेस्सी चलेनन्

१२ माघ २०७६ एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थान रहेको बार्सिलोना पराजित भएको छ । ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत शनिबार रातीको खेलमा बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको छ। बार्सिलोना भ्यालेन्सियासँग २-० ले पराजित भएको हो। भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका जोर्डी अल्बाको आत्मघाती गोलसँगै भ्यालेन्सियाले ४८औँ मिनेटमा अग्रता लिएको थियो।

त्यसपछि खेलको ७७औँ मिनेतमा म्याक्सी गोमेजले गोल गर्दै भ्यालेन्सियाको लागि जित दर्ता गरे।बार्सिलोनाको मुख्य प्रशिक्षकमा आएका क्विक सेटिनले पहिलो हार ब्यहोरेका छन् । हारसँगै बार्सिलोनाले २१ खेलबाट ४३ अंक जोडेको छ । भ्यालेन्सिया २१ खेलबाट ३४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

एक कम खेलेको रियल मड्रिड २० खेलबाट ४३ अङ्क बटुल्दै गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । रियल मड्रिडले आज रियल भालाडोलिडको सामना गर्नेछ ।