खेलकुदफुटबल

ला लिगा: आज रियल म्याड्रिडलाई शिर्ष स्थानमा उक्लने मौका

ला लिगा: आज रियल म्याड्रिडलाई शिर्ष स्थानमा उक्लने मौका

१२ माघ २०७६ एजेन्सी: ला लिगामा आज पाँच खेलहरु हुँदै छ । आज हुने खेलहरु मध्य भालाडोलिड र रियल म्याड्रिडको खेललाई निकै रोमान्चक रुपमा लिएको छ । आजको खेलमा दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले ला लिगाको १५ औ स्थानमा रहेको भालाडोलिडसँग खेल्ने छ ।

रियल म्याड्रिड र रियल भालाडोलिडसँगको खेल नेपाली समय अनुसार १:४५ बजे देखि सुरु हुँदै छ । आजको खेलमा रियल म्याड्रिडले रियल भालाडोलिडलाई पराजित गर्नसके ला लिगाको शिर्ष स्थानमा रहने छ ।

बार्सिलोना २१ खेलबाट ४३ अंकसँगै पहिलो स्थानमा रहेको छ भने रियल मड्रिड २०खेलबाट ४३ अंक सँगै दोस्रो स्थानमा रहेको छ । भ्यालेन्सिया २१ खेलबाट ३४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । भालाडोलिड २० खेलबाट २२ अंक जोड्दै तालिकाको १५ औ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *