लियोन र युभेन्ट्सको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी

लियोन र युभेन्ट्सको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी

१४ फागुन २०७६ एजेन्सी :  युरोपियन फुटबल प्रतोगिता च्याम्पियन्स लिग फुटबलमा आज पनि दुइ खेलहरु हुँदै छ। युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ को पहिलो लेग खेलमा घरेलु टोलि रियल मड्रिडले म्यानचेष्ट सिटीको सामना गर्दै छ ।

त्यस्तै पहिलो लेगको अर्को खेलमा फ्रेन्चक्बल लियोनले इटालियन क्लब युभेन्ट्सको सामना गर्दै छ । रियल मड्रिड र म्यान सिटी तथा लियोन र युभेन्ट्सको खेल एउटै समयमा हुँदै छ । दुवै खेल नेपाली समय अनुसार राति १:४५ मा रहेको छ । फ्रेन्च क्लब लियोन र इटालियन क्लब युभेन्ट्सको खेलको लाइभ सोनी टेन २ एसडी र एचडी मा आउने छ ।

घरेलु लिगमा फ्रेन्च क्लब लियोन सातौँ स्थानमा रहेको छ भने इटालियन युभेन्ट्स शिर्ष स्थानमा रहेको छ। फ्रेन्च क्लब लियोनले हालसम्म च्याम्पियन्स लिगको उपाधि हात परेको छैन भने युभेन्ट्स २ पटक उपाधि हात परेको छ ।

युभेन्ट्सको सम्भावित प्लेइङ ११: डानिलो, डि लिग्ट, बोनुकी,स्यान्ड्रो, रम्से, बेन्टानकुर, मातुइडी; कुआड्राडो, डिबाला, रोनाल्डो

लियोनको सम्भावित प्लेइङ ११: लोपहरू; टेटे, एन्डरसन, डेनायर,मार्कल; लुकास टोउसर्त,मेंदेस, टोरोर, औउर, टेरियर; देम्बेले

अहिले सम्मका च्याम्पियन्स लिग बिजेताहरु
१ . रियल म्याड्रिड (स्पेन) १३ पटक

२. एसी मिलान (इटाली) ७ पटक

३. लिभरपूल (इंगल्याण्ड) ६ पटक

४. बार्सिलोना/बार्यन म्युनिख (स्पेन/जर्मनी) ५/५ पटक

५. अज्याक्स (नेदरल्याण्ड ) ४ पटक

६. म्यानचेस्टर युनाइटेड/इन्टर मिलान (इंगल्याण्ड/इटाली ) ३ पटक

७ . जुभेन्टस / बेन्फिका / पोर्टो / नाटिंगहाम फरेस्ट (इटाली/ पोर्चुगल/इंगल्याण्ड) २ पटक

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ