क्रिकेटखेलकुद

ड्वेन स्मिथले भैरहवाबाट ईपीएल खेल्ने पक्का

११ माघ २०७६ काठमाडौं : वेष्ट इण्डिजका लेजेन्ड ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने पक्का भएको छ ।

उनलाई एभरेस्ट प्रिमियरलिग अन्तर्गत भैरहवा ग्लाडिएटर्सले अनुबन्ध गरेको हो । ३६ वर्षीय स्मिथले आफू नेपाल आउन आतुर रहेको बताएका छन् । उनले भने, ‘मैले नेपाल र त्यहाँको भौगालिक सुन्दरताबारे धेरै सुनेको छु । म त्यहाँ जान निकै आतुर छु ।’

उनि अलराउण्डर खेलाडी हुन्। उनले आइपिएल पनि खेलिसकेका छन्। आइपिएलमा एउअले मुम्बई इन्डियनस र चेन्नई सुपर किङ्गस बाट खेलिसकेका छन्। उनले बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिग पनि खेलिसकेका छन्

भैरहवाका कप्तान शरद भेषावकरले लामो समयसम्म वेष्टइण्डिज र आईपीएल क्रिकेटको पावर हाउसका रुपमा रहेका स्मिथले आफ्नो कप्तानीमा खेल्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *