सन्दीप सम्मिलित मेलबर्न स्टार्स पराजित
सन्दीप सम्मिलित मेलबर्न स्टार्स पराजित
८ माघ २०७६ काठमाडौँ: सन्दीप सम्मिलित मेलबर्न स्टार्स एडलेड स्ट्राइकर्स बिरुद्ध पराजित भएको छ। मेलबर्न स्टार्स एडलेड स्ट्राइकर्स बिरुद्ध ११ रनले पराजित भएको छ । टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । एडिलेडमा घरेलु टोलीले दिएको १ सय ६३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो ।
सन्दीपले ३ ओभरमा २४ रन खर्चिएर विकेट लिन सकेनन् । यस सिजन सन्दीपले ११ खेलबाट १४ विकेट हात पारेका थिए ।
Teams:
Adelaide Strikers (Playing XI): Jake Weatherald, Philip Salt, Travis Head(c), Jonathan Wells, Matthew Short, Alex Carey(w), Michael Neser, Rashid Khan, Peter Siddle, Wes Agar, Billy Stanlake
Melbourne Stars (Playing XI): Marcus Stoinis, Nic Maddinson, Peter Handscomb(w/c), Glenn Maxwell, Nick Larkin, Seb Gotch, Clint Hinchliffe, Sandeep Lamichhane, Lance Morris, Daniel Worrall, Adam Zampa
सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स