ए डिभिजन लिग: आज तिन खेल हुँदै, सम्पूर्ण जानकारी
ए डिभिजन लिग: आज तिन खेल हुँदै , सम्पूर्ण जानकारी
१ फागुन २०७६ काठमाडौँ: ए डिभिजन लिगमा लिग अन्तर्गत आज तिन खेल हुँदै छ । आजको तिनै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । आजको पहिलो खेलमा पुलिस र फ्रेन्ड्स, दोस्रोमा एपीएफ र ब्रिगेड तथा तेस्रोमा सरस्वती र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
ए डिभिजन लिगमा आज हुने पुलिस र फ्रेन्ड्सको पहिलो खेल ८:४५ बजेदेखी सुरु हुनेछ । नेपाल पुलीस ए डिभिजन लिग छैठौ स्थानमा रहेको छ । नेपाल पुलिसले १२ खेल मध्य पाँच जित, दुई बराबरी र पाँच खेलमा हारको नतिजा निकाल्दै १७ अंक जोड्दै अंक तालिकाको छैठौं स्थानमा रहेको छ भने फ्रेन्ड्सको १४ अंक रहेको छ । फ्रेन्ड्सले १२ खेल मध्य ४ जित २ खेलबराबरी र ६ खेलमा पराजित रहेको छ ।फ्रेन्ड्स अंक तालिकाको दसौं स्थानमा रहको छ ।
दोस्रो खेल एपीएफ र ब्रिगेड १२:१५ बिचहुने छ । एपीएफ ए डिभिजन लिगको १३ औं स्थनमा रहेको छ भने ब्रिगेड अंक तालिकाको १२ औं स्थानमा रहेको छ ।एपीएफका आशिष लामा सर्वाधिक गोल कर्ता रहेका छन् । एपीएफका आशिष लामा ब्रिगेड बिरुद्ध गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बन्न चाहन छन् । आशिष लामाले जारि सिजन ८ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको पहिलो सुचिमा छन् ।
आज हुने तेस्रो तथा अन्तिम खेल सरस्वती र संकटा क्लबबीच हुनेछ । आज हुने तेस्रो तथा अन्तिम खेल सरस्वती र संकटा क्लबबीच हुने छ । सरस्वती युथ क्लब रेलीगेसन् जोन परिसका टोलि हो । सरस्वती युथ क्लब आफ्नो अन्तीं खेलमा सुखद बदाई लिन चाहन्छ भने संकटा क्लब सरस्वतीक्लबलाइ पराजित गर्दै शिर्ष ६ मा उक्लिन चाहान्छ । १५ अंक जोडेको संकटा ए डिभिजन लिगको नवौं स्थानमा रहेको छ ।