क्रिकेटखेलकुद

नेपालमा हुने ‘विश्व कप लिग २’ का लागि ओमनको टिम घोषणा

नेपालमा हुने सिरिजका लागि ओमानी टिम घोषणा

८ माघ, काठमाडौं : विश्व कप लिग २ का लागि ओमनको टिम घोषणा भएको छ । यही माघ २२ देखि कीर्तिपुरमा हुने ट्राई सिरिजका लागि जिशा मकसुदको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो।

ओमानले घोषणा गरेका खेलाडी हरु जिसन मक्सुद (कप्तान), अकिब ईल्यास (उपकप्तान), जतिन्दर सिंह, खावर अली, सनुथ ईब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गउड, मुहम्मद नदिम, जय ओडेरा, बादल सिंह, अहेमद फयद बट, कलिमुल्लाह र बिलाल खान रहेका छन्

खेल माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरमा हुने छ। सिरिजका लागि अमेरिकाको टोली यस अघिनै घोषणा भइसकेको छ । नेपाल भने अहिले पोखरामा बन्द प्रशिक्षणमा छ । टोलीमा अहिले २४ खेलाडी छन् । त्यसैबाट अन्तिम टोली छनोट गरिनेछ ।

जिसन मक्सुद (कप्तान), अकिब ईल्यास (उपकप्तान), जतिन्दर सिंह, खावर अली, सनुथ ईब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गउड, मुहम्मद नदिम, जय ओडेरा, बादल सिंह, अहेमद फयद बट, कलिमुल्लाह र बिलाल खान