समाचार

ए डिभिजन लिग: आज मच्छिन्द्र र पुलिस भिड्ने

ए डिभिजन लिग: आज मच्छिन्द्र र पुलिस भिड्ने

८ माघ २०७६ काठमाडौँ: सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बुधबार)आठौं चरणका खेलहरु सुरु हुँदैछन् । आठौं चरणको पहिलो दिन आज एक खेल मात्र हुँदै छ। आजको खेलमा खेलमा दोस्रो स्थानमा रहेको मछिन्द्र क्लब र छैठौ स्थानमा रहेको नेपाल पुलिसक्लबबिच भिडन्त हुँदै छ। आजको खेल ३ बजे देखि सुरु हुँदै छ। मछिन्द्र र नेपाल पुलिसक्लब बिचको खेल दशरथ रंगशालामा हुने छ ।

मछिन्द्र क्लब १३ अंक सहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै नेपाल पुलिस भने ११ अंक सहित खेल तालिकाको ६ औ स्थानमा रहेको छ। मच्छिन्द्रले अहिलेसम्म ४ जित, २ बराबरी र १ पराजित भएको छ।

पुलिस ३ जित, २ बराबरी र २ हारको नतिजासहित तालिकाको छैटौ स्थानमा छ । ७ खेलबाट १६ अंक जोडेको त्रिभुवन आर्मी क्लब लिग तालिकाको शीर्ष स्थानमा रहेको छ ।