मेलबर्नको खेल आज, १०० विकेटको खोजीमा सन्दिप
मेलबर्नको खेल आज, १०० विकेटको खोजीमा सन्दिप
८ माघ २०७६ एजेन्सी: बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्भावित १३ खेलाडीको सुचीमा पर्न सफल भएका छन् । सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आज एडलेड स्ट्राइकर्ससँग खेल्दै छ। मेलबर्न स्टार्स आज १३ औ खेल खेल्दै छ ।मेलबर्न स्टार र एडलेड स्ट्राइकर्सको खेल नेपाली समय अनुसार दिउंसो १:५५ बजे देखि सुरु हुने छ ।
जारी बिग ब्यास लिगमा सन्दिपले सन्तोषजनक प्रदर्शन गरिरहेका छन् । न्दिपले जारी लिगमा ११ खेलमा १४ विकेट लिएका छन । आज सन्दिपले एडीलेड विरुद्ध दुई विकेट लिएमा टी २० खेलमा १०० विकेट पुरा हुनेछ । ले सन्दिपअहिलेसम्म ९८ विकेट लिएका छन ।
१२ खेल मध्ये १० जित हात पारेको मेलबर्न २० अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । ११ खेलमा ६मा जित हात परेको एडलेड स्ट्राइकर्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।एडलेड स्ट्राइकर्सको ११ खेलबाट १३ अंक रहेको छ।
सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स
यस्तो रहेको छ सन्दिपको बलिङ
२०१८ इन्डियन प्रिमियर लिग (आईपीएल) ३ खेल ५ विकेट
२०१८ क्यारेबिन प्रिमियर लिग ५ खेल ७ विकेट
२०१८ अफगानिस्तान प्रिमियर लिग १ खेल २ विकेट
२०१८-१९ बिग ब्यास लिग ८ खेल ११ विकेट
२०१८-१९ बङ्गलादेश प्रिमियर लिग ६ खेल ४ विकेट
२०१९ पाकिस्तान सुपर लिग ७ खेल ११ विकेट
२०१९ आईपीएल ६ खेल ८ विकेट
२०१९ क्वारेबिन प्रिमियर लिग ६ खेल ८ विकेट
२०२०- ब्यास लिग ११ खेल १४ विकेट (जारी)
नेपाली राष्ट्रिय टोलीबाट टि-२० आईमा १८ खेल २८ विकेट
