जाडोमा हिटर वा कोइला बाल्दा अपनाउनुहोस यस्तो सावधानी
जाडोमा हिटर वा कोइला बाल्दा अपनाउनुहोस यस्तो सावधानी
काठमाडौँ : करिब दुई वर्ष पहिले इन्जिनियर दम्पत्ति पुष्कर जोशी र अप्सरा श्रेष्ठले हिटरबाट सल्केको आगोको लप्कामा परी ज्यान गुमाएका थिए । त्यसैगरी ४ वर्ष पहिले कोठाभित्र धुवाँले निस्सासिएर पोखरामा एकै परिवारका चारजनाको मृत्यु भएको थियो ।
गत मंसिरमा मात्र कीर्तिपुर नगरपालिका-८ सुन्दरबजारमा आमा र दुई महिने छोराको निस्सासिएर मृत्यु भएको थियो । उनीहरुले राति कोठा न्यानो बनाउन मकलमा आगो बालेर सुतेका थिए ।
सामान्यतया जाडो सुरु भएपछी हामि कोठा तातो बनाउन व्रिकेट,ग्यास,हिटर,मकल लगायतका सामाग्रीहरुको प्रयोग गर्छौँ ।
तर यिनै सामग्री सवाधनिपुर्वक प्रयोग नगरे ज्यानै समेत जान सक्छ। यसको पछिल्लो उदाहरण बनेको छ दामनको एक रिसोर्टमा हिटर प्रयोग गरेर सुतेका भारतीय पर्यटकको मृत्यु।
के हुन्छ कोठा भित्र
कोठा भित्र झ्याल ढोका बन्द गरेर सुत्दा,बालेको कोइला तथा आगोले अक्सिजन घटाएर कार्बोन डाइअक्साइड, कार्बोन मोनोअकसाइड ताथ धुवाँबाट निस्कने थुप्रै हानिकारिक तथा विषालु किटाणुहरु जम्मा हुन पुग्छन् ।
त्यसैले अक्सिजन कमी हुने हुन्छ र ती हानिकारक ग्यास श्वास फेरेर लिँदा फोक्सोमा अनि रगतमा जम्मा भएर मष्तिष्कसम्म पुग्छ। मष्तिष्कमा पुगेपछि काम नगर्ने बनाइदिन्छ त्यसैले गर्दा मानिस बेहोस् हुने हो र लामो समय उद्धार नगरे मृत्यु हुनपुग्दछ ।’ यसका लागि कोठामा पर्याप्त अक्सिजन आउने ठाउ हुनु पर्दछ।
समस्या / समाधान
१) कहिल्यै पनि बन्द कोठामा हिटर अन गरेर ननिस्कनुहोस् । किनकी यसबाट वाहिरिने कार्वनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ ।
२) हिटर जलाएर पनि कहिल्यै निदाउनु हुँदैन । यसो गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ ।
३) मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नु हुँदैन । यदि प्रयोग गर्ने हो भने कोठामा ताता पानी राख्न सक्नुहुन्छ । ताकी ब्लोअरको कारण हावा सुख्खा नहोस् ।
४) छालाको लागि पनि हिटर राम्रो मानिँदैन । लामो समयसम्म हिटरमा बस्दा छाला सुख्खा भएर जाने गर्छ । त्यति मात्र नभएर रातो दाग बस्ने, चिलाउनेजस्ता समस्या पनि हुन्छ । हिटरले आँखालाई पनि सुख्खा बनाउन सक्छ । जसको कारण आखा पोल्ने जस्ता समस्या पनि निम्तिने गर्छ ।
५) यदि हिटर या ब्लोअरमा बस्ने बाध्यता छ भने मनतातो पानी पिइराख्नुपर्छ । त्यसको साथमा चिया, कफि, सुपजस्ता पेयपदार्थको पनि प्रयोग गर्नुस् । र, छालामा मोइस्चराइजरको प्रयोग गरिरहनुहोस् ।