ए डिभिजन लिगको अंक तालिकामा आर्मी अघि अघि,मनाङ पछि पछि
ए डिभिजन लिगको अंक तालिकामा आर्मी अघि अघि,मनाङ पछि पछि
२५ पौष २०७६ काठमाडौँ: ए डिभिजन लिग अन्तरगत त्रिभुवन आर्मी ए डिभिजन लिगको अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । हिजो भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लियो छ । पाँच खेल मध्ये आर्मीले ४ खेलमा जित निकाल्दै १२ अंक सहित आर्मी शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा भने मनाङ रहेको छ । मनाङले ५ खेल मध्ये ३ खेलमा जित दर्ता गर्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । मनाङको ११ अंक रहेको छ । मनाङले २ खेल बराबरी खेलेको थियो ।
अर्को अपराजित टिम मछिन्द्रको भने १० अंक रहेको छ । पाँच खेल मध्ये ३ खेलमा जित दर्ता गर्दै अंक तालिकाको मछिन्द्रतेस्रो स्थानमा रहेको छ । मछिन्द्रले पनि २ खेल बराबरी खेलेको छ । गत संस्करणको उपविजेता थ्रिस्टार भने चौथो स्थानमा रहेको छ । थ्रिस्टारको ५ खेलबाट १० अंक रहेको छ । थ्रिस्टारले एक खेलमा पराजित भएको थियो भने एक खेल बराबरी खेलेको छ । जावलाखेल युथ क्लब भने २ खेलमा जित र तीन खेलमा बराबरी गर्दै ९ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।
नेपाल पुलिस क्लब ८ अंकसहित छैटौं स्थानमा रहेको छ । संकटा सात अंकसहित सातौं स्थानमा छ । ६ अंक जोडेका ब्रिगेड आठौं स्थानमा छ भने एनआरटी ५ अंकसहित नवौं र समान ५ अंक जोडेको च्यासल दशौं स्थानमा रहन सफल भएको छ ।
४ अंक सहित एपीएफ ११ औं स्थानमा छ भने ३ अंक जोडेको शेर्पा १२ औं स्थानमा छ । त्यसैगरी २ अंक मात्रै जोडेको फ्रेण्ड्स १३ औं स्थानमा छ भने तालिकामा अंकको खाता खोल्न नसकेको सरस्वती अंक तालिकाको पुछारमा रहेको छ ।