खेलकुदफुटबल

ए डिभिजन लिग: १०० गोलको कीर्तिमान रच्दै सन्तोष

ए डिभिजन लिग: १०० गोलको कीर्तिमान रच्दै सन्तोष

९ पौष २०७६ काठमाडौँ : सन्तोष शाहुखलले शहिद स्मारक ए डिभिजन लिगमा एउटा नँया कीर्तिमानी रच्दै छन् । राष्ट्रिय टिमका पुर्व स्ट्राइकर समेत रहेका सन्तोष शाहुखल १०० गोलको कीर्तिमानी नजिक रहेका छन् । सन्तोष शाहुखलले २०६० सालमा थ्रिस्टार क्लबबाट लिग करिअरको सुरुवात गरेका थिए।

लामो समय थ्रिस्टारबाट खेलेका सन्तोष पछिल्लो सिजन देखि च्यासल युथ क्लबबाट खेल्ने गर्छन् । पछिल्लो केही समय मनाङ र एपीएफबाट पनि सन्तोष शाहुखल खेलेका थिए । सन्तोष शाहुखल अहिलेसम्म ९९ गोल गरिसकेका छन् भने आज १०० गोलको कीर्तिमानी नजिक छन् । सन्तोषले २००७ मा ओमानविरुद्धको विश्वकप छनोटबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।

शहिद स्मारक ए डिभिजन लिग आज दुइ खेल हुँदै छ । आज पहिलो खेल मच्छिन्द्रले फ्रेण्ड्स क्लबसँग खेल्नेछ भने दोस्रो खेलमा च्यासलले न्युरोड टिम एनआरटीसँग खेल्ने छ । पहिलो खेल १२ बजे देखि छ भने दोस्रो खेल ३ बजे देखि छ ।