खेलकुदफुटबल

रोनाल्डोको दुई गोलसंगै युभेन्टस शिर्ष स्थानमा

रोनाल्डोको दुई गोलसंगै युभेन्टस शिर्ष स्थानमा

६ माघ २०७६ काठमाडौं : इटालियन सिरि ए अन्तर्गतको खेलमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्धतले युभेन्टसद्वारा पार्मा पराजित भएको छ। युभेन्टसले पार्मालाई २–१ ले पारजित गरेको हो ।

गएराति भएको खेलमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए। रोनाल्डोले दुवै हाफमा गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका हुन् ।

जितपछि युभेन्ट्सले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको इन्टर मिलान लेसेसँग बराबरीमा रोकिएको फाइदा युभेन्ट्सले उठाएको हो ।

४३ औं मिनेटमा रोनाल्डोले प्रहार गरेको बलले जाली चुमेपछि युभेन्ट्सले १-० को अग्रता लिएको थियो । तर ५५ औं मिनेटमा पार्माका लागि कोर्नेलियसले गोल गरेपछि खेल बराबरी भएको थियो । तर खेल बराबरी भएको तीन मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए र त्यो नै जितकालागि निर्णायक गोल बन्न पुग्यो ।

युभेन्ट्सले २० खेलबाट ५१ अंक जोड्दै शीर्ष स्थानमा छ ।