खेलकुदफुटबल

रोनाल्डोको युभेन्ट्स नापोलीसँग पराजित

रोनाल्डोको युभेन्ट्स नापोलीसँग पराजित

१३ माघ २०७६ एजेन्सी: ईटालियन सिरि ए फुटबलमा रोनाल्डोको युभेन्ट्स नापोलीसँग पराजित पराजित भएको छ। ईटालियन सिरि ए खेलमा शीर्ष स्थानको युभेन्ट्स नापोलीसंग २–१ गोल पराजित पराजित भएको छ ।

नापोलीलाई जित दिलाउन ६३ औ मिनेटमा पिओटर जिकिंस्कीले गोल गर्दै जित दिलाउन सफल भए। त्यसपछि लोरेन्जो ईनसिग्नीले ८६ औ मिनेटमा गर्दै नापोलीको अग्रता दोब्बर बनाए ।

९०औं मिनेटमा रोनाल्डोले गोल गरेपनि युभेन्टसले हार टार्न सकेनन्। रोनाल्डो लगातार ८ लिग खेलमा गोल गर्दै युभेन्ट्सका पहिलो खेलाडी बन्न सफल भएका छन् ।

युभेन्ट्से ५१ अंकका साथ लिगको शिर्षस्थानमा रहेको छ भने नापोली २७ अंकका साथ लिगको १२ औँ स्थानमा रहेको छ।