आस्था राउतविरुद्ध एयरपोर्ट घटनाकी प्रहरी श्रेष्ठले दिइन् उजुरी
आस्था राउतविरुद्ध एयरपोर्ट घटनाकी प्रहरी श्रेष्ठले दिइन् उजुरी
३ माघ २०७६ काठमाडौँ : गायिका आस्था राउतले फेसबुक लाइभ माफत आफुलाई प्रहरीले अपमान गरेको भन्दै सार्वजनिक गरेको भिडियो माथि अनुसन्धान जारि रहेको प्रहरीले बताइरहँदा उक्त बिबादमा मुछिएकी प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी छिन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक सुरक्षा कार्यालयमा कार्यरत् प्रहरीजवान रमिता श्रेष्ठले गायिका आस्था राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी हुन् ।
विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीजवान श्रेष्ठले शुक्रबार उजुरी दिएकी हुन् । उजुरीमा आफूमाथि अभद्र व्यवहार गर्ने राउतलाई कानुन अनुसार हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।
गत बुधबार काठमाडौंबाट भद्रपुर जाने क्रममा गायिका आस्था राउतले विमानस्थलमा सुरक्षा जाँचका क्रममा प्रहरीसँग भएको भनाभनलाई लिएर फेसबुकमा प्रहरी संगठन र सुरक्षाकर्मीहरुलाई गाली–गलौज गरेको भिडियो सार्वजनिक भएको थियो ।
सामाजिक सञ्जालमार्फत् आफूलाई गाली–गलौज गरेको भन्दै प्रहरीजवान श्रेष्ठले उजुरी दिएकी हुन् । गायिका राउतले विमानस्थलमा सुरक्षा जाँचका नाममा आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै सामाजिक सञ्जालमा ‘आपत्तिजनक शब्द’सहितको भिडियो हालेकी थिइन् ।
‘सीसीटीभी फुटेज’मा के छ ?
तर, विमानस्थलबाट प्राप्त ‘सीसीटीभी फुटेज’मा भने गायिका राउतले सुरक्षा जाँचमा अटेर गर्न खोजेपछि भनाभन भएको देखिन्छ ।