ए डिभिजन लिग: रेलिगेशन जोनमा रहेको हिमालयन शेर्पा बिरुद्ध संकटा
ए डिभिजन लिग: रेलिगेशन जोनमा रहेको हिमालयन शेर्पा बिरुद्ध संकटा
१९ माघ २०७६ काठमाडौँ: सहिद स्मारक ए डिभिजन लिगमा आज (आईतबार) दुई खेल हुदैछ । आज हुने पहिलो खेलमा रेलिगेशन जोनमा रहेको हिमालयन शेर्पा क्लब बिरुद्ध साविक उप बिजेता संकटा क्लबबिच रहेको छ । आज हुने पहिलो खेल १२ बजे देखि सुरु हुँदै छ । आज हुने दोस्रो खेल उपाधि होडमा रहेको आर्मी बिरुष नेपाल पुलिस क्लब रहेको छ ।
गत मगलबार भएको खेलमा हिमालयन शेर्पा क्लब सरस्वती क्लब सँग पराजित भएको थियो। निकै रोचक खेलमा हिमालयन शेर्पा क्लब सरस्वती क्लब ४-३ ले पराजित भएको थियो । आजको खेल हिमालयन शेर्पालाइ जित्नै पर्ने दबाबमा रहेको छ । रेलिगेशन जोनमा रहेको हिमालयन शेर्पा क्लब लिगको १३ औं स्थानमा रहेको छ । आजको खेलमा हिमालयन शेर्पा पराजित भए रेलिगेशनको खतरा झन बढ्ने छ ।
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल अंक तालिकाको कुरा गर्दा संकटा ए डिभिजन लिगको १२ अंकसहित आठौ स्थानमा छ। १२ अंक जोडेको संकटाले क्लब भने ३ खेलमा जित तीन खेलमा बराबरी र तिन खेलमा पराजित भएको छ ।
हिमालयन शेर्पा अंक तालिकाको १२ औ स्थानमा रहेको छ । हिमालयन शेर्पाले एक खेलमा जित ४ खेल मा बराबरी र ४ खेलमा पराजित रहेको छ ।
आजको खेलमा साविक उप बिजेता संकटाले जित दर्ता गरेको खण्डमा छैठौ स्थानमा रहने छ भने हिमालयन शेर्पाले जित दर्ता गर्ने सके अंक तालिकाको दशौ स्थनमा रहने छ । उप बिजेता संकटा र हिमालयन शेर्पाबिचको खेल दशरथ रंगशालामा हुनेछ ।