ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई
ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई
३ फागुन २०७६ काठमाडौं:ए डिभिजन लिगको अन्तिम खेल त्रिभुवन आर्मी र मछिन्द्र क्लबबिच भएको थियोे। सो खेलमा मछिनद्रले त्रिभुवन आर्मीलाई १-०ले पराजित गर्दै ए डिभिजन लिगको उपाधि हात पारेको छ।
उपहार स्वारुप पाएको गोलले नै मछिन्द्रलाई उपाधि दाबेदार बनायो। उपहार गोल खेलको ३३ मिनेटमा त्रिभुवन आर्मीका बिकाश तामाङले गरेका थिए ।
दोस्रो हाफमा दुबै टोलीबाट गोल हुदैन र १-० अग्रता बनाएको मछिनद्रले उपाधी अफ्नो नाममा पार्न सफल भयो।
आजको खेलको विजेता मछिनद्रको टोलीले ए डिभिजन लिगको उपाधि हात परेको छ। त्रिभुवन आर्मी र मछिन्द्र क्लबको खेल दशरथ रंगशाला त्रिपुरेश्वरमा १:३० बजे देखि सुरु भएको थियो ।
शनिबारको खेलमा आर्मीले उपाधि जित्न बराबरी मात्र गरे पुग्ने थियो भने मछिन्द्रले जित्नैपर्ने दबाब रहेको थियोे। १२ खेलको सकिसक्दा आर्मीको २९ अंक रहेको थियोे । मछिन्द्र क्लब भने दोस्रो स्थानमा रहेको थियोे। मछिन्द्र क्लबको २८ अंक रहेको थियो । १२ खेलमा समान ९ जित, २ बराबर र १ हार भएपनि मछिन्द्र १ अंकले पछी थियो । गत वर्ष लिगमा अंकतालिकाको पुछारबाट दोस्रोमा रहेका कारण मछिन्द्रको यो वर्ष एक अंक घटाइएको थियो ।
आजको खेलमा मछिन्द्र क्लबले नेपाली टिमका बिमल घर्ति मगरलाइ खेलाएको थियोे ।





























