ए डिभिजन लिगको खेल वर्षाका कारण एन्फा कम्प्लेक्समा सर्यो
ए डिभिजन लिगको खेल वर्षाका कारण एन्फा कम्प्लेक्समा सर्यो
३ माघ २०७६ काठमाडौँ: ए डिभिजन लिगको खेल वर्षाका कारण एन्फा कम्प्लेक्समा हुने भएको छ । शीर्ष स्थानमा रहेको मछिन्द्र क्लब र पुछारबाट दोस्रो स्थानमा रहेको हिमालयन शेर्पाबीच क्लबबिच भिडन्त आज वर्षाका कारण एन्फा कम्प्लेक्समा हुने भएको हो। हिजो बेलुका देखि निरन्तर परिरहेको वर्षाको कारण दशरथ रंगशालामा खेल्न नमिल्ने भएपछि एन्फाले खेल सारेको हो ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार)एक खेल मात्र हुँदै छ। आजको खेलमा खेलमा शीर्ष स्थानमा मछिन्द्र क्लब र पुछारबाट दोस्रो स्थानमा रहेको हिमालयन शेर्पाबीच क्लबबिच भिडन्त हुँदै छ। आज मछिन्द्र र हिमालयन शेर्पाबिच को खेल ३ बजे देखि सुरु हुँदै छ। मछिन्द्र र हिमालयन शेर्पाबिचको खेल एन्फा कम्प्लेक्समा हुने छ।
मछिन्द्र क्लब १३ अंक सहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै हिमालयन शेर्पा भने ४ अंक सहित खेल तालिकाको १३ औ स्थानमा रहेको छ। मछिन्द्र क्लब जारी लिगमा ४ खेलमा जित हात पार्दा २ खेलमा बराबरी गरेको छ । यसैगरी शेर्पाले ६ मध्ये २ खेलमा हार र चार खेलमा बराबरी गर्दै ४ अंक जोडेको छ ।
शहिद स्मारक ए डिभिजन अंक तालिका