खेलकुदफुटबल

ए डिभिजन लिग: नेपाल पुलिसको जितमा जुमानु राईको हैट्रिक

ए डिभिजन लिग: नेपाल पुलिसको जितमा जुमानु राईको हैट्रिक

१ फाल्गुन २०७६ काठमाडौँ: ए डिभिजन लिगमा लिग अन्तर्गत आज अन्तिम चरणको पहिलो खेल नेपाल पुलिस र फ्रेन्ड्सबिच भएको छ। एन्फा क्म्प्लेस सातोबाटो मैदानमा भखरै सकिएको खेलमा नेपाल पुलिसले फ्रेन्ड्स क्लबलाइ ३ -० ले पराजित गरेको छ ।नेपाल पुलिसको जितमा जुमानु राईको हैट्रिक गोल गरे ।

खेलको पहिलो हाफमा दुवै टोलिबाट कुनै पनि गोलि सुन सक्दैन् ।नेपाल पुलिस र फ्रेन्ड्स क्लबले पाएका गोल गर्ने थुप्ररै अवसरहरु खेरफालेका थिए । थुप्ररै अवसरहरु खेरफालेपछि पहिलो हाफ बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा नेपाल पुलसीले गोल गर्दै खेलमा १-० को अग्रता लिन्छ। दोस्रो हाफको ४९ औं मिनेटमा जुमानु राइले गोल गर्दै नेपाल पुलसीलाइ १-० को अग्रता दिलाउन मदत गर्छन । १-० को अग्रता बनाइ रहेको नेपाल पुलिसले खेलको ५६ औं अर्को गोल गर्छ र अग्रतालाइ २-० ले अघि बढाउन मदत गर्छन। सो गोल फेरी जुमानु राइले गरेका हुन्छन। खेलको ८५ मिनेटमा जुमानु राइले हैट्रिक गोलगरे सँगै नेपाल पुलिसले ३-० को जित दर्ता गरेको छ ।

नेपाल पुलीस ए डिभिजन लिग छैठौ स्थानमा रहेको छ । नेपाल पुलिसले १३ खेल मध्य छमा जित, दुई बराबरी र पाँच खेलमा हारको नतिजा निकाल्दै २० अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा रहेको छ भने फ्रेन्ड्सको १४ अंक रहेको छ । फ्रेन्ड्सले १३ खेल मध्य ४ जित २ खेलबराबरी र ७ खेलमा पराजित रहेको छ ।फ्रेन्ड्स अंक तालिकाको दसौं स्थानमा रहको छ ।

अबको दोस्रो खेलमा एपीएफ र ब्रिगेड तथा तेस्रोमा सरस्वती र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। ए डिभिजन लिगमा आज हुने दोस्रो खेल १२:१५ र तेस्रो खेल १५ :३० बजे देखि सुरु हुँदै छ।