क्रिकेटखेलकुद

पाकिस्तान विरुद्ध बंगलादेश (लाइभ र खेलतालिकाबारे सम्पूर्ण जानकारी)

पाकिस्तान विरुद्ध बंगलादेश (लाइभ र खेलतालिकाबारे सम्पूर्ण जानकारी)

३ माघ २०७६ एजेन्सी: बंगलादेश विरुद्धको खेलको लागि पाकिस्तानले आफ्नो टिमको घोषणा गरेको छ।पाकिस्तानले आफ्नो टी-२० खेलको लागि आफ्नो टिमको घोषणा गरेको छ। २४ जनवरी देखि सुरु हुने तीन खेलको टी-२० सिरिजका लागि पाकिस्तानले १६ सदस्यीय टोलीको घोषणा गरको छ।

पाकिस्तानले बोर्डले घोषणा गरेको टोलिमा फास्ट बलर हेरिस रौफ पर्न सफल भएका छन्। बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलिरहेका हेरिस रौफ पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भएका हुन्।२६ बर्षका हेरिस रौफ बिग बास लिगमा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका छन्।

बीबीएलमा हेरिस रौफले ७ खेलमा १६ विकेट लिँदै दोस्रो स्थान हासिल गरेका छन् । पाकिस्तानले बंगलादेशसँग पहिलो टी–२० २४ जनवरीमा खेल्नेछ भने दोस्रो टी-२० खेल २५ जनवरीमा हुने छ भने अन्तिम टी-२० खेल २७ जनवारीमा हुने छ । पाकिस्तान भ्रमणमा आउन लागेको बंगलादेशी टोलीले तीन टी–२०, एक ओडिआई तथा दुई टेष्ट खेल्नेछ।

यो चोटी पाकिस्तानको टी–२० टिममा शोएब मलिक र मोहम्मद हफिजको पनि पूर्ण आगमन भएको छ ।

पाकिस्तानी टिमः
बाबर आजम (कप्तान), अहसन अली, अमद बट, ईफ्तिखर अहमद, ऑस्ट्रेलिया बिरुद्ध भारतको खेलतालिका रौफ, ईमाद वासिम, खुश्दिल शाह, मोहम्मद हफिज, मोहम्मद हश्नान, मोहम्मद रिजवान(विकेटकिपर), मोहम्मद मुसा, शादाब खान, शाहीन अफ्रिदी, शोएब मलिक, उस्मान कादिर

पाकिस्तान विरुद्ध बंगलादेशको खेलतालिका:
पहिलो टी–२०: २४ जनवरीमा- लाहोर
दोस्रो टी–२०: २५ जनवरीमा-लाहोर
तेस्रो टी–२०: २७ जनवरीमा-लाहोर

लाइभ कसरी हेर्ने ?

पाकिस्तान विरुद्ध बंगलादेश सोनी लिभबाट लाइभ हेर्न सकिन छ ।