क्रिकेटखेलकुद

बिग बास लिग: सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शन

बिग बास लिग: सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शन

१ माघ २०७६ काठमाडौँ : अष्ट्रेलियामा जारी बिग बैश लिगमा मेलबर्न स्टार्सले पर्थ स्क्रचर्सलाई मात्र ८६ रनमा समेटेको छ । स्क्रचर्सले १३.५ बलमा मात्र ८६ रनमा समेटिएको छ । बिग बास लिग अन्तर्गत आजको खेलमा मेलबर्न स्टारबाट खेलेका नेपालका लेग स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्।

बुधबार भएको मेलबर्न स्तर र पार्थ स्कर्चर्स बिचको खेलमा टस हारेर फिल्डिङ गरेको मेलबर्न स्टारले सन्दिप लामिछानेलाइ तिन ओभर बलिङ गर्न दिएको थियो। तिन ओभर बलिङ गर्ने मौका पाएका सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ७ रन खर्चिएर १ मेडन संगै २ विकेट लिन सफल भएका हुन् ।

आफ्नो पहिलो ओभर तथा खेलको सातौँ ओभर लिएर आएका सन्दिप लामिछानेले आफ्नो व्यक्तिगत पहिलो ओभरमा मात्र तिन रन खर्चिएका थिए भने खेलको नवौं ओभरमा आफ्नो व्यक्तिगत दोश्रो ओभर लिएर आएका लामिछानेले उक्त ओभरमा ४ रन मात्र खर्चिन पुगे। त्यसैगरी आफ्नो तेश्रो तथा खेलको तेर्हौ ओभरमा सन्दीपले कमालको प्रदर्शन देखाउदै २ २ विकेट लिन सफल भएका थिए। साथै उक्त ओभर मेडन ओभर समेत हुन पुगेको थियो।

सन्दिप लामिछाने बिग बास लिगमा मेलबर्न स्टारबाट बलरका रुपमा खेलेका हुन्।

सन्दीप सहभागी मेलबर्न स्टार्सले ९ खेलमध्ये आठमा जित हात पारेर १६ अङ्कसहित शिर्ष स्थानमा छ । दोस्रो स्थानको सिड्नी सिक्सरले ९ खेलमध्य छ मा जित हात पारेर १२ अङ्क जोडेको छ ।