क्रिकेटखेलकुदसमाचार

‘सन्दिप लामिछाने’संग अटोग्राफ लिन अस्ट्रेलियन बालक मैदान भित्रै छिरेपछि….!

‘सन्दिप लामिछाने’संग अटोग्राफ लिन अस्ट्रेलियन बालक मैदान भित्रै छिरेपछि….!

बिग बास लिग अन्तर्गतको खेलमा गत पौष ६ गते आइतबार सन्दिप लामिछाने आवद्धित टिम मेलबर्न स्टार्स र होबार्ट हरिकेन्सबीचको खेल जारि थियो । खेलको पहिलो इनिंगमा लामिछाने आबधित टिम मेलबर्न स्टार्सले ब्याटिङ गरेको थियो भने दोस्रो इनिङमा बलिङ तथा फिल्डिङ गर्न मेलबर्न स्टार्सका खेलाडी मैदान छिरेलगत्तै एक अस्ट्रेलियन बालक मैदानभित्रै छिरे ।

मैदानको ध्यान ति बालक तिर केन्द्रित भयो। ति बालक सिधै सन्दिप लामिछाने भएतिर लागे र छेउमै गएर अटोग्राफ मागे। फिल्डमा रहेका सन्दीपले तुरुन्तै आफ्नो क्याप खोले त्यस क्यापमा अटोग्राफ दिएर सो क्याप पनि उपहार दिएका छन्। सन्दिपले ती बालकलाई उनले लगाएको क्यापमा अटोग्राफ दिएका छन् ।

उक्त खेलमा टस जितेर पहिले मेलबर्न स्टार्सले ब्याटिङ रोजेको थियो। मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पाएको होबार्टले १६.ओभर खेल्दै दस विकेट गुमाएर आल आउट हुदै मात्र १११ रन जोड्न सफल भएकोप थियो ।