सन्दिपको टिमको तेस्रो खेल एडलेड स्ट्राइकर्ससँग
सन्दिपको टिमको तेस्रो खेल एडलेड स्ट्राइकर्ससँग
९ पौष २०७६ एजेन्सी: बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आफ्नो तेस्रो खेल एडलेड स्ट्राइकर्ससँग खेल्दै छ । यो खेल दिउँसो १:५५ बजे देखि सुरु हुँदै छ ।सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सको कप्तान अल राउनडर ग्लेन म्याक्सवेल रहेका छन् ।
सुरुवाती २ खेलमै सन्दिपको टिम मेलबर्न स्टार्सले जित हात परिसकेको छ। शुक्रबार भएको पहिलो खेलमा बिर्सबेंनलाई २२ रनले पराजित गर्दै बिग ब्यास लिगमा सुखद सुरुवात गरेको छ । मेट्रिकन स्टेडियममा मेलबर्न स्टार्सले १ सय ६८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिंग गरेको ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सफल भएको थियो । सन्दिप पहिलो खेलमा महगा साबित भएका थिए । ४ ओभर गरेर ३८ रन दिएका सन्दिप १ विकेट लिन सफल भएका थिए ।
दोस्रो खेलमा मेलबर्न स्टार्स ५२ बिजय भएको थियो । टस जितेर पहिले मेलबर्न स्टार्सले ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पाएको होबार्टले १६.ओभर खेल्दै दस विकेट गुमाएर आल आउट हुदै मात्र १११ रन जोड्न सफल भएकोप थियो । यो खेलमा सन्दिपले ३ ओभर गर्दै १८ रन दिएर १ विकेट लिन सफल भएका थिए ।
सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स
Melbourne Stars Squad: Dale Steyn, Jackson Coleman, Nic Maddinson, Glenn Maxwell (c), Nathan Coulter-Nile, Ben Dunk, Peter Handscomb, Adam Zampa, Daniel Worrall, Hilton Cartwright, Marcus Stoinis, Nick Larkin, Seb Gotch, Sandeep Lamichhane, Clint Hinchliffe, Patrick Brown, Jonathan Merlo, Lance Morris, Tom O Connell, Haris Rauf
Adelaide Strikers Squad: Cameron White, Peter Siddle, Michael Neser, Jonathan Wells, Harry Conway, Travis Head (c), Alex Carey, Matthew Short, Cameron Valente, Billy Stanlake, Nick Winter, Jake Lehmann, Harry Nielsen, Philip Salt, Rashid Khan, Liam O Connor, Jake Weatherald , Wes Agar