खेलकुदफुटबल

ए डिभिजन लिग: उपाधि होडमा आर्मी र मछिन्द्र

ए डिभिजन लिग: उपाधि होडमा त्रिभूवन आर्मी र मछिन्द्र

२३ माघ २०७६ :राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि एघारौं चरणका खेलहरु सुरु हुँदैछन् । आजको पहिलो खेल उपाधि होडमा रहेको मछिन्द्र क्लब बिरुद्ध लिगेशन जोनमा रहेको सरस्वती युथ क्लबबिच हुँदै छ भने दोस्रो खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लब र एपीएफ क्लबबिच हुँदै छ । पहिलो खेल ११:३० र दोस्रो खेल ३ बजे देखि सुरु हुदै छ ।

आजको खेल चारै वटा टिमको लागि महत्पूर्ण छ । आजको खेलमा रेलिगेशन जोनबाट बच्न सरस्वतीले मछिन्द्र क्लबलाइ हराउनै पर्ने दबाब रहने छ भने मछिन्द्र क्लबले सरसवती क्लबलाइ पराजित गरे मछिन्द्र क्लबको उपाधि होड बलियो हुने थियो।

आजको दोस्रो खेलमा त्रिभूवन आर्मी क्लबलाई एपीएफ क्लबलाइ पराजित शिर्ष स्थानमामै रहने छ । एपीएफ क्लबले आर्मीलाइ पराजित गरेमा जोनबाट बच्न सजिलो हुन्थियो ।

त्रिभुवन आर्मी ७ खेलमा जित २ खेल बराबरी र एक खेलमा पराजित रहेको त्रिभुवन आर्मी २३ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

मछिन्द्र क्लब ए डिभिजन लिगको दोस्रो स्थानमा रहेको छ । मछिन्द्र क्लबले ७ खेलमा जित २ खेल बराबरी र एक खेलमा पराजित रहेको त्रिभुवन आर्मी २३ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

सरसवती क्लब अंक तालिकाको पुछारमा रहेको छ भने एपीएफभने अंक तालिकाको पुछारबाट एक स्थान माथि रहेको छ । सरसवती क्लबको ४ अंक रहेको छ भने एपीएफको ५ अंक रहेको छ ।