विप्लव समूहका नेता मोहन कार्की नेकपामा प्रवेश
विप्लव समूहका नेता मोहन कार्की नेकपामा प्रवेश
२६ पुस २०७६ काठमाडौं : नेत्र विक्रम चन्द (बिप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नेता मोहन कार्की नेकपामा प्रवेश गरेका छन्। विप्लव समूहका पोलिव्यूरो सदस्य रहेका उनले केहि समय देखि बिप्लव समूह परित्याग गरि स्वतन्त्र बस्दै आएका थिए।
शनिवार बिहान पार्टी कार्यालय धुम्बाराईमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टी प्रवेश गराएका हुन।
लामो समयससम्म भूमिगत रहेका कार्कीले केही समयअघि विप्लव समूह परित्याग गरि स्वतन्त्र बस्दै आएका थिए। उनी विप्लव समूहका पोलिव्यूरो सदस्य थिए। सो समूह भित्र रहँदा कार्कीले सरकारसँग वार्ता गर्नु गर्ने धारणा राख्दै आएका थिए।