ए डिभिजन लिग: आज दुइ खेल हुँदै, रोमान्चक अंक तालिका सहित
ए डिभिजन लिग: आज दुइ खेल हुँदै, रोमान्चक अंक तालिका सहित
२४ माघ २०७६ एजेन्सी: ए डिभिजन लिगमा आज दुइ खेल हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज हुने पहिलो खेलमा गत संस्करणको उपविजेता संकटा क्लब बिरुद्ध उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टारबिच हुँदै छ।
गत संस्करणको उपविजेता संकटा क्लब ए डिभिजन लिगको पाँचै स्थानमा रहेको छ । संकटा १५ अंकसहित पाँचौ स्थानमा रहेको छ। १५ अंक जोडेको संकटाले क्लब भने ४ खेलमा जित तीन खेलमा बराबरी र तिन खेलमा पराजित भएको छ ।
उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार अंक तालिकाको चौथो स्थानमा रहेको छ। १७ अंक जोडेको थ्री स्टार क्लब भने ४ खेलमा जित दुई खेलमा बराबरी र तिन खेलमा पराजित भएको छ । संस्करणको उपविजेता संकटा क्लब बिरुद्ध उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टारबिचको पहिलो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा ११:३० बजे देखि सुरु हुँदै छ ।
आजको दोस्रो खेल नेपाल पुलिस बिरुद्ध ब्रिगेड बोइजबिच हुँदै छ । नेपाल पुलिस अंक तालीकाको आठौ स्थानमा रहेको छ । नेपाल पुलिस क्लब १४ अंकसहित आठौ स्थानमा रहेको छ। नेपाल पुलिस क्लबले ४ खेलमा जित २ खेल बराबरी र ४ खेलमा पराजित भएको छ ।
ब्रिगेड बोइजक्लब अंक तालिकाको ११ औ स्थानमा रहेको छ । ब्रिगेड बोइजले २ खेलमा जित २ खेलमा बराबरी र ६ खेलमा पराजित रहेको छ । दोस्रो खेल पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा ३ बजे देखि सुरु हुँदै छ ।
