क्रिकेटखेलकुद

मेर्लबर्न रेनेगेड्स बिरुद्ध सन्दिप प्लेइङ ११ मा

मेर्लबर्न रेनेगेड्स बिरुद्ध सन्दिप प्लेइङ ११ मा

२५ पौष २०७६ एजेन्सी: बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछाने मेर्लबर्न रेनेगेड्स बिरुद्ध प्लेइङ ११ मा पर्न सफल भएका छन् । सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आज आफ्नो आठौ खेल खेल्दै छ । मेलबर्न स्टार्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा आज शुक्रबार मेर्लबर्न रेनेगेड्ससँग खेल्दै छ । मेलबर्न स्टार र मेर्लबर्न रेनेगेड्सको खेल नेपाली समय अनुसार दिउंसो १:५५ बजे देखि सुरु हुने छ ।

सन्दिप प्लेइङ्ग ११ मा पर्न सफल हुदा विकेटकिपर व्याटसम्यान पीटर,स्पीनर जम्पा र ब्याटसम्यान म्याड्सनलाइ आराम दिइएको छ । म्याड्सनलाइ चोटका कारण र पिटर र जम्पालाइ अष्टेलियाको सिरिजका लागि आराम दिइएको छ ।

मेलबर्न स्टार्सको टिम: ग्लेन म्याक्सवेल (कप्तान),बेन डंक,सब गोत्च ,सन्दिप लामिछाने,लान्स मोरिस, मार्कस स्टानोइस,क्लिन्ट हिन्चलिफ,हिल्टन कार्टराइट र निक लार्किन

यस सिजन सन्दीपले ६ खेलमा ८ विकेट हात पारेका छन् । ७ खेलमा ६ जित हात पारेको मेलबर्न १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । ७ खेलमा ७ खेल्नै पराजित भएको मेर्लबर्न रेनेगेड्स अंक तालिकाको पुछरमा रहेको छ ।

सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स