खेलकुदफुटबल

ए डिभिजन लिग: आज दुइ खेल हुँदै, रोमान्चक अंक तालिका सहित

ए डिभिजन लिग: आज दुइ खेल हुँदै, रोमान्चक अंक तालिका सहित

२० माघ २०७६ काठमाडौँ: सहिद स्मारक ए डिभिजन लिगमा आज दुइ खेल हुँदै छ । आज हुने दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुँदै छ । आज हुने पहिलो खेलमा जावलाखेल युथ क्लब बिरुद्ध ब्रिगेड बोइजबिच हुँदै छ ।

जवालाखेल युथ क्लब बिरुद्ध ब्रिगेड बोइजबिचको खेल ११:३० बजे देखि सुरु हुँदै छ। दोस्रो खेल भने गत संस्करणको विजेता मनाङ बिरुद्ध च्यासल युथ क्लबबिच हुँदै छ । यो खेल ३ बजे देखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुँदै छ।

ए डिभिजन लिगको अंक तालिकामा जावलाखेल युथ क्लब आठौ स्थानमा रहेको छ। जावलाखेल युथ क्लब ३ खेलमा जित तीन खेलमा बराबरी र तिन खेलमा पराजित हुदै १२ अंकका साथ ८ (आठौ) स्थानमा रहेको छ।

ब्रिगेड बोइज भने अंक तालिकाको ११ औ स्थानमा रहेको छ । ब्रिगेड बोइजले २ खेलमा जित २ खेलमा बराबरी र ५ खेलमा पराजित रहेको छ ।

आज हुने दोस्रो खेलमा गत संस्करणको विजेता मनाङ मर्स्याङ्दी र च्यासल भिड्ने भएका छन् । शहीद स्मारक ए डिभिजन मनाङ मर्स्याङ्दी एक मात्र अपराजित टिम रहेको छ ।

मनाङ मर्स्याङ्दी १९ अंक सहित तेस्रो स्थानमा रहेको छ । मनाङ ९ खेल मध्ये ५ खेलमा जित दर्ता गर्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । मनाङले चार खेल बराबरी खेलेको छ ।

च्यासल युथ क्लब दशौं स्थानमा रहन सफल भएको छ। च्यासल युथ क्लब २ खेलमा जित ३ खेल बराबरी ४ खेलमा पराजित भएको छ ।