ए डिभिजन लिग: जितसँगै आर्मी शीर्ष स्थानमा उक्लियो
ए डिभिजन लिग: जितसँगै आर्मी शीर्ष स्थान सुरक्षित
२३ पुस २०७६ काठमाडौं : ए डिभिजन लिग अन्तरगत त्रिभुवन आर्मी र सरस्वति क्लब बीच भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले हराएको छ । आजको खेलमा जित दर्ता गर्दै त्रिभुवन आर्मी शहीद स्मारक ए लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार भएको खेलमा आर्मीले सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले हराउदै जित निकाल्न सफल भएको हो। ।
लिगमा भएको पाँचमध्ये चार खेल जितेको आर्मीले १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने ११ अंकसहित मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सरस्वतीलाई पराजित गर्न आर्मीका जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरेका थिए । खेलको २९ औं मिनेटमा जर्जले गोल गरेका हुन् ।