ए डिभिजन लिग: एपीएफ बिरुद्ध संकटाको सहज जित
ए डिभिजन लिग: एपीएफ बिरुद्ध संकटाको सहज जित
२४ पौष २०७६ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ बिरुद्ध संकटाले सहज जित निकालेको छ । आज भएको पहिलो खेलमा एपीएफलाई ४-२ पराजित गरेको छ । संकटाको लागि लक्ष्मण रुचाल अजयी मार्टिन र कर्ण सुब्बाले गोल गरेका थिए । अजयी मार्टिनले संकटाको लागि २ गोल गरेका थिए ।
एपीएफको लागि नविन लामा र आशिष लामाले गोल एक एक गोल गरेका थिए। जितसँगै संकटा लिगको सातौं स्थानमा उक्लिएको छ । संकटाले ५ खेलमा ७ अंक जोडेको छ भने एपीएफको ५ खेलमा ४ अंक रहेको छ ।