राजनितीसमाचार

सरकार उपद्रो कममा लागेको छ : कांग्रेस नेता पौडेल

सरकार उपद्रो कममा लागेको छ : कांग्रेस नेता पौडेल

२४ पुस २०७६ तनहुँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली नेतृत्वको कम्युनिस्ट सरकारले देशलाई नै बन्धक बनाएको आरोप लगाएका छन् ।

बिहीबार तनहुँको दमौलीमा सुभारम्भ भएको तनहुँ महोत्सवको उद्घाटन गर्दै पौडेलले दुई तिहाइको सरकारले काम भन्दा बढी कुरा मात्र गरेको बताएका छन् ।

सूचना प्रबिधि बिधेयकका बिषयमा बोल्दै पौडेलले यो सरकारले पत्रकारका कलममा विर्को लगाउन खोजेको र सरकारले गर्नुपर्ने काम छाडेर नचाहिँदो उपद्रो कर्ममा लागेको बताएका छन् ।

पछिल्लो समय यो सरकार भ्रष्टाचारमा लिप्त हुदैं गएको र सरकारप्रति जनताको विश्वास घट्दै गएको उनले बताएका छन् ।