खेलकुदफुटबल

सेन्ट इटिन्नेको पोस्टमा पीएसजीको ६ गोल, इकार्डीको ह्याट्रिक

सेन्ट इटिन्नेको पोस्टमा पीएसजीको ६ गोल, इकार्डीको ह्याट्रिक

२४ पौष २०७६ एजेन्सी: सेन्ट इटिन्नेको पोस्टमा पीएसजीले ६ गोल प्रहार गरेको छ । बुधबार राति भएको खेलमा पीएसजीले सेन्ट इटिन्नेलाई ६-१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा मोउरो इकार्डीको ह्याट्रिक गोल गरेका छन् ।

पीएसजीको लागि पहिलो गोल इकार्डीले गोल गरेका थिए । पहिलो गोल दोस्रो मिनेटमा भएको थियो ।३९ औं मिनेटमा गोल गर्दै नेयमारले पीएसजीको अग्रता दोब्बर बनाएका थिए । जेसी मौलिनले ४४ औं मिनेटमा आत्मघाति गोल गरेपछि पीएसजी ३–० अग्रता बनाउन सफल भएको थियो। ईकार्डीले फेरी ४९ औं मिनेटमा पीएसजीका लागि ब्यक्तिगत दोस्रो गोल गरे । ५७ औ मिनेटमा गोल गर्दै इकार्डीले ह्याट्रिक पुरा गरे । त्यसपछि पीएसजीकोलागि एम्बाप्पेले ६७ औ मिनेटमा गोल गर्दै पीएसजीलाई ६–० ले अघि बढाए ।

७१औं मिनेटमा सेन्ट इटिन्नेका काबायृेले इटिन्नेका लागि सान्त्वना गोल गरे ।